२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रुसी सैनिकको कारबाहीमा आइएस प्रमुख मारिएको आशंका


0
Shares

रुसी सैनिककाअनुसार गत मे २८ मा सो हमला गरिएको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशंका छ ।

त्यस बैठकमा हमला हुँदा कैयौं मारिएको उसले जनाएको छ । तर, त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्नेबारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ ।

रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो ।

सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाइ छ ।

सो बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको थियो ।

त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो । तर, पुष्टि भने भएको थिएन ।

रुसी सेनाले भनेको छ–‘पुष्टि त अहिले पनि भइसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्नेक्रममा छौं । उनी मारिएको सम्भावना अत्यधिक हामीले देखेका छौं । रासस/एएफपी