Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सहमति कार्यान्वयन नभएपछि फेरि सडक आन्दोलनमा उत्रिने कक्रोच जनता पार्टीकाे तयारी


650
Shares

एजेन्सी। कक्रोच जनता पार्टी (सीजेपी) फेरि सडक आन्दोलनमा उत्रिने भएको छ।

सीजेपीले सम्झौता पालनामा सरकारले बेवास्ता गरेको भन्दै फेरि आन्दोलनमा उत्रिने तयारी गरेको हो । सीजेपीले आगामी सेप्टेम्बर ५ तारिखमा इन्डिया गेटदेखि दिल्ली पुलिस हेडक्वार्टरमा शान्तिपूर्ण र्‍याली गर्ने जनाएकाे छ । यसअघिको आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीमाथि चलाइएका मुद्दा सरकारले फिर्ता नलिएपछि सडकमा उत्रिन बाध्य भएको सीजेपीले बताएको छ।

सीजेपीका प्रवक्ता आशुतोष रांकाले प्रदर्शन कारीमाथिका मुद्दा फिर्ता लिने सहमतिबाट सरकार पछि हटेकाे हाे। घाइतेलाई क्षतिपूर्ति दिने भने पनि सरकारले उक्त काम पनि नगरेको गुनासाे समेत गर्नुभएकाे छ। अब सरकारलाई हेक्का रहोस् कक्रोच पछि हट्दैन भन्दै चेतावनी दिनुभयाे।

मेडिकल शिक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा २० जुलाईमा कक्रोच जनता पार्टीले प्रदर्शन गरेको थियो । आन्दोलनको बलमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान राजीनामा दिन बाध्य भएका थिए । केन्द्र सरकारले गैरआपराधिक पृष्ठभूमि भएकाहरूको मुद्दा फिर्ता लिने बताएको छ।

सीजेपीले भने प्रदर्शनकारीमाथि फौजदारी मुद्दा चलाइएको र उनीहरूलाई अपराधी करार गर्न लागिएको आराेप लगाएकाे हाे।