Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


कांग्रेस सहमहामन्त्रीको अन्तिम नतिजा अपराह्नसम्म आउने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार अपराह्नसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको खुलातर्फको प्रतिस्पर्धामा नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता लिइरहेका छन्। महिलातर्फ प्रतिमा गौतमको अग्रता रहेको छ । अन्य समूहको मतगणना पनि भइरहेको समितिले जनाएको छ।

यसैबीच, जनसम्पर्क समितिबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारीसमेत भइरहेको छ।