काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी उपसभापति पदमा निर्वाचित हुनुभएको छ।
निर्वाचनको मतपरिणामअनुसार खुलातर्फ भण्डारी र आचार्य विजयी हुनुभएको हो भने समावेशीतर्फ चौधरी विजयी हुनुभएको छ ।
खुलातर्फ भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ। आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभएको छ। यस पदका अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभएको छ ।
यस्तै, समावेशीतर्फ चौधरी एक हजार ७४५ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गर्नुभएको छ। समावेशीतर्फ फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्