Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा गहुँ उत्पादनको निर्यातमा लगाएको ४ वर्ष पुरानो प्रतिबन्ध हट्यो

किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरिएको उल्लेख

0
Shares

एजेन्सी। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ।

विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले एक सूचना जारी गर्दै गहुँको निर्यात नीति तत्काल लागू हुनेगरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ मा परिवर्तन भएको जनाएकाे हाे। भारतले सन् २०२२ को मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय देशमा गहुँको पर्याप्त मौज्दात रहेको तथा उत्पादन समेत बढेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरिएको सरकारले जनाएको छ ।

आधिकारिक तथ्यांक अनुसार भारतले सन् २०२५/२६ को बाली वर्षमा करिब १२ करोड ६ लाख ५० हजार टन गहुँ उत्पादन गरेको हाे । यो गत वर्षको तुलनामा २ दशमलव ३ प्रतिशत बढी हो । खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आम्दानी बढ्ने बताउनुभएकाे छ।

सचिव चोपडाले जसले आगामी बाली सिजनमा किसानलाई गहुँको खेती बढाउन समेत प्रोत्साहित गर्ने बताउनुभयाे ।