Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


कांग्रेसको ३५ वर्षमुनिको युवा केन्द्रीय सदस्यमा सचिन तिमल्सेना अगाडि, सात पदका लागि प्रतिस्पर्धा


884
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यको मतगणनामा सचिन तिमल्सेना पहिलो स्थानमा रहेका छन्।

मंगलबार बिहानसम्म २ हजार १० मत गणना हुँदा तिमल्सेनाले ९२९ मत प्राप्त गरेका छन्। सात पदका लागि भइरहेको प्रतिस्पर्धामा सुशील भट्ट ८८२ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै, ई। अधिषेक आत्रेयले ७९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा आदर्श मल्ल ७८५ मतसहित चौथो स्थानमा छन्। डा। आयुष बगालेले ७१८ मत प्राप्त गरेका छन्।

यसैगरी, ई। रोशन बस्नेत ६६० मतसहित छैटौँ स्थानमा छन् भने सौगात थापाले ५५२ मत प्राप्त गरेका छन्। सातौँ स्थानमा रहेका थापालाई ई। शैलेश मिश्रले ५२१ मतसहित पछ्याइरहेका छन्।