Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पर्सामा ट्रयाक्टरले किचेर एक युवकको निधन


0
Shares

काठमाडाैं । पर्साको दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर एक जना युवककाे निधन भएकाे छ।

पटेर्वा सुगौली गाउँपालिका-१ मा बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार निधन भएको हाे । ट्याक्टरबाट खसेका उनलाई सोही ट्याक्टरले किचेर घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले बताएकाे हाे।