दार्जिलिङमा हिंसात्मक झडप, तीनजनाको मृत्यु « Image Khabar


दार्जिलिङमा हिंसात्मक झडप, तीनजनाको मृत्यु


Imagekhabar
३ असार २०७४, शनिबार १८:३८

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीले छापा मारेको विरोधमा शनिबार मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । यसपछि दार्जिलिङ आसपासको क्षेत्रमा हिंसा भड्किएको थियो ।

अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोरखा जनमुक्ति मोर्चाले यो घटनापछि दार्जिलिङसमेत उत्तर बंगालको सम्पूर्ण पहाडी क्षेत्रमा बन्दको घोषणा गरेको छ ।

यो घोषणापछि दार्जिलिङमा कर्फ्युकोजस्तो अवस्था रहेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तर बंगालको पहाडी क्षेत्रमा बंगाली भाषाको पढाइ अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको निर्णयविरुद्ध नेपालीभाषी केही दिनयता आन्दोलनमा छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्