काठमाडौं, चैत १० । फ्रान्समा आतंकवादी कार्यमा संलग्न एक जना बन्दुकधारी सुरक्षा कार्वाहीमा मारिएका छन् । आफू मारिनुअघि ती व्यक्तिले ट्रेब नगरस्थित एक सुपरमार्केटमा प्रवेश गरी अरू तीन जनाको हत्या गरेका थिए । सुपरमार्केटमा छिर्नुअघि एउटा कार आफ्नो नियन्त्रणमा लिने क्रममा उक्त व्यक्तिले कारमा रहेका एक जनाको हत्या गरेको र चालकलाई घाइते बनाएका थिए ।…