काबुलमा आत्मघाती विस्फोट, २९ जना मारिए • Image Khabar Image Khabar


काबुलमा आत्मघाती विस्फोट, २९ जना मारिए


Imagekhabar
७ चैत्र २०७४, बुधबार १५:५२

काबुलमा आत्मघाती विस्फोट, २९ जना मारिए

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

नयाँवर्षका अवसरमा आयोजना गरिने ‘नौरुज’ भनिने कार्यक्रममा एक अज्ञात व्यक्ति प्रवेश गरी आत्मघाती विस्फोट गराएको बताइएको छ ।

समारोहमा धेरैजसो अल्पसंख्यक शिया समुदायका मानिसको उपस्थिति थियो ।

इस्लामिक अतिवादी समूह ‘आइएस’ले घटनाको जिम्मेवारी लिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्