काठमाडौं । जिम्बाब्बेमा पूर्व राष्ट्रपति रोवर्ट मुगाबेको सहभागिताविनै सम्पन्न पहिलो राष्ट्रपतीय निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । निर्वाचनमा सत्तारुढ जानु पीएफ पार्टीका वर्तमान राष्ट्रपति इमर्सन एमनान्गाग्वा र विपक्षी नेता नेल्सन सामिसाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्तिम परिणाम पाँच दिनभित्र आउने अधिकारीहरुले बताएका छन् । २३ जना उम्मेदवार मध्ये कुनै पनि…