
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले विश्व व्यापार संगठनको प्रावधानअनुसार ब्रेक्जिट सहमति हुन नसके बेलायतको अर्थतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
बेलायत अव्यवस्थित तरिकाले ईयूबाट बाहिरिए त्यसको नकारात्मक परिणाम आउनसक्ने आईएमफले जनाएको छ ।
ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी विस्तृत सम्झौता भए सन् २०१८ र २०१९ दुवै वर्ष उसको अर्थतन्त्रमा १ दशमलव पाँच प्रतिशतले वृद्धि हुने आईएमफको आँकलन छ ।
लण्डनमा बोल्दै आईएमफकी प्रमुख क्रिस्टिन लगार्डले ईयूसँग बेलायतले बृहत् व्यापारिक सम्झौता गर्ने र तुलनात्मक रुपमा व्यवस्थित ब्रेक्जिट प्रक्रिया थाल्ने ठानिएको बताए ।
बेलायत ईयुबाट औपचारिक रूपमा बाहिरिनका लागि ब्रेक्जिटसम्बन्धी सम्झौताको धेरैजसो भागमा सहमति भइसकेको छ ।
बेलायत औपचारिक रूपमा ईयूबाट सन् २०१९ को मार्च २९ बाट बाहिरन शुरु गर्नेछ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्