झारखन्डमा मुसलमान व्यापारीको हत्या अभियोगमा ११ जनालाई जन्मकैद • Image Khabar Image Khabar


झारखन्डमा मुसलमान व्यापारीको हत्या अभियोगमा ११ जनालाई जन्मकैद


Imagekhabar
८ चैत्र २०७४, बिहीबार २०:२८

झारखन्डमा मुसलमान व्यापारीको हत्या अभियोगमा ११ जनालाई जन्मकैद

गाईको मासु ओसार–पसार गरेको भन्दै ५५ वर्षीय अलिमुद्दिन अन्सारीलाई कुटपिट गरी मारिएको थियो ।

भारतमा केही वर्षयता मासुको व्यापार गर्ने मुसलमानहरूमाथि आक्रमण हुँदै आएको भएपनि गौ रक्षासम्बन्धी मुद्दामा आरोपितलाई दोषी ठहर्‍याएको यो पहिलोपटक हो ।

अन्सारीको हत्याको अभियोगमा १२ जनालाई समातिएको थियो । तर, अदालतले बाह्रौं अभियुक्तलाई नाबालक भनेर सजाय सुनाएन ।

सन् २०१४ मा हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी सत्तामा आएपछि गौ रक्षाका लागि विभिन्न समूहलाई प्रोत्साहन दिने गरिएको छ । हिन्दूहरू गाईलाई पवित्र जनावार मान्छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्