थाइल्यान्डमा बस दुर्घटना, १८ यात्रीको मृत्यु • Image Khabar Image Khabar


थाइल्यान्डमा बस दुर्घटना, १८ यात्रीको मृत्यु


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १४:३१

थाइल्यान्डमा बस दुर्घटना, १८ यात्रीको मृत्यु

थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोंचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्री सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त प्रान्तको सडकको अवस्था नाजुक रहेकाले समय–समयमा सवारी दुर्घटना हुने गरेको छ ।

प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यान दिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्