नयाँ दिल्ली, भदौ १७ । भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । आठ दिने भ्रमणको क्रममा उनले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति कोविन्दका साथ कृषिराज्यमन्त्री पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही…