Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


दुई कोरिया र राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच निशस्त्रीकरणमा सहमति


0
Shares

सिओल, कार्तिक ५ । दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ । 

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाथ रहेकोे उक्त सीमा क्षेत्रलाई निशस्त्रीकरण गर्ने सहमति भएको हो । 

‘त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी एक वक्तव्यमा जनाइएको छ । 

सहमतिमा उनीहरूले ‘तीन–पक्षीय संयुक्त प्रमाणिकरण’ कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन् । शान्ति गाउँ पानमुनजोमको करिब २५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिक बस्दै आएका र बेलाबखत तनाब हुने गरेको क्षेत्र हो । 

यो क्षेत्रमा सन् १९७६ मा उत्तर कोरियाली सेनाले सैन्य गतिविधि निषेधित उक्त क्षेत्रमा दाउरा काट्न गएका दक्षिण कोरियाली नागरिकलाई आक्रमण गर्नु पहिले तटस्थ क्षेत्रका रूपमा हेरिँदै आएको थियो । अझै पनि प्राविधिक रूपमा युद्धमा रहेका दुई कोरियाले उक्त क्षेत्रमा सैन्य तनाव कम गर्न आवश्यक उपायको अवलम्बन गर्ने दुबै मुलुकका उच्च अधिकारीको गत महिनामा भएको वार्तापछि प्रयास थाल्न सहमत भएका थिए । तर ‘जोइन्ट सेकुरिटी एरिया’का अधिकारी सम्मिलित सोमबारको बैठकले गत महिना भएको उच्च नेताहरूको सहमतिलाई कार्यान्वयनमा लाने निर्णय गरेको हो । (रासस/एएफपी)

Skip This