काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले भने यसअघि नै असोज ३१ गते फूलपातीका दिन शपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन् ।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
कांग्रेसको विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । जसअनुसार सभापतिले थप ६६ जना सदस्य मनोनीत गर्न पाउनेछन् ।
बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल गर्न कांग्रेसले आजै केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाउने तयारी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्