१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


रुस र चीनमाथि दवाब राख्न परमाणु शक्तिलाई मजबुत बनाउने ट्रम्पको धम्की


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनमाथि दवाब राख्न आफ्नो परमाणु शक्तिलाई मजबूत बनाउने चेतावनी दिएका छन् ।

संचारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसले सन् १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज सन्धिको उल्लंघन गरेको आरोप पनि लगाए ।

यद्यपी, रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । शीतयुद्धकालको यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाउँछ ।

युरोपका देशहरुमा रुसबाट हुनसक्ने सुरक्षा चुनौतीलाई कम गर्नका लागि सन्धि लागु गरिएको थियो ।

उता रुसले पनि अमेरिकाले थप परमाणु हतियार बनाए आफुहरुले पनि बनाउने चेतावनी दिएको छ ।

चेतवनीयुक्त भाषा प्रयोग गर्दै राष्ट्रपति ट्रम्पले जबसम्म अन्य शक्तिहरुलाई होस आउँदैन तबसम्म अमेरिकाले हतियार बनाउने स्पष्ट पारेका छन् ।

उनले यसलाई धम्किकै रुपमा बुझ्न चेतावनी दिँदै यसमा जसलाई पनि सामेल गर्न सकिने बताए ।

चीन र रुस वा खतरासँग खेल्न चाहने जो कोही पनि यस चेतावनीभित्र पर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

दुई देशबीच तनाब बढिरहँदा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले मस्कोमा पुगेर सम्बद्ध पक्षसँग कुराकानी गरेका छन् । (एजेन्सी)