काठमाडौं, साउन १५ । इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली नेदरल्यान्ड्सको आम्सटर्डम पुगेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एक दिवसीय क्रिकेट खेलमा ‘डेब्यू’ गर्दैछ । नेदरल्यान्ड्सविरुद्ध बुधबार र…