
काठमाडौं । अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएफ) ले रुसमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा नगर्ने भएको छ ।
प्रतिबन्धित औषधिलाई राज्यले नै प्रयोग गर्न दिएको भनेर आईएएफले रुसलाई लगाएको प्रतिबन्धपछि रुसले सकारात्मक काम गरे पनि तत्काल फुकुवा भने नहुने भएको हो ।
सन् २०१५ को नाभेम्बरमा राज्य प्रायोजित प्रतिबन्धित औषधि प्रयोग गरेको भन्दै आईएएफले रुसलाई पहिलो पटक प्रतिबन्ध लगाएको थियो । तर त्यो प्रतिबन्ध फुकुवाका लागि रुसले धेरै लचकता अपनाएको थियो ।
यसैमा पनि आगामी १० दिनपछि बर्लिनमा युरोपियन च्याम्पियनसिप हुँदैछ । तर रुसमाथिको प्रतिबन्ध फुकुवा हुने सम्भावना निकै कम छ ।
फुकुवाका लागि रुसले सकारात्मक काम गरेको बताए पनि आईएएफका अध्यक्ष लर्ड कोयले अझै केही समस्या बाँकी रहेको बताएका छन् ।
केही ठाउँमा सकारात्मक काम भए पनि अझै पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नै गर्ने किसिमले काम नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्