काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको अपराजित शृङ्खला तोडिएको छ । गएराति भएको खेलमा चेल्सीलाई आफ्नै शहरको प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरले ३–१ ले पराजित गर्यो । टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन डेले अली, ह्यारी केन र सन हिउङ मिनले एक–एक गोल गरे । पराजित टोली चेल्सीका ओलिभर जिरुले एक गोल फर्काए…