४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिगका दसौं चरणका खेल आजबाट


0
Shares

काठमाडौं, पुस ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दसौं चरणका खेल सुरु हुँदैछन् । दसौं चरणको पहिलो दिन आज तीनवटा खेल हुने छ ।

आजका खेलहरुले उपाधि समीकरणमा भने कुनै प्रभाव पार्नेछैन । 

एन्फा मैदान सातदोबाटोमा हुने आजको पहिलो खेलमा मच्छिन्द्र क्लब र सरस्वती युथ क्लब भिड्ने छन् । एन्फा मैदानमै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्ने छन् । यसैगरी हलचोक मैदानमा जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी) आमने सामने हुनेछन् । 

जारी लिगको नवौं चरणसम्म अपराजित रहेको मनाङ मर्स्याङ्दीले २७ अंकसहित तालिकाका अग्रता लिएको छ । २४ अंक जोडेको संकटा क्लब दोस्रो स्थानमा रहँदा २२ अंकसहित थ्री–स्टार क्लब तेस्रो स्थानमा छ । लिगमा एनआरटी र मच्छिन्द्र क्लबले जित निकाल्न सकेका छैनन् ।