काठमाडौं, माघ २० । विजेश्वरीकी सुस्मिता खड्का र स्वर्णिमकी स्मृति पन्तले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको १२ वर्ष मुनिको गर्ल्स सिंगल्स फाइनलमा सुस्मिताले एभीएमकी वियंका राईलाई ११–६, ११–९ र ११–४ को सोझो सेटमा पराजित गरिन् । यु–१६ गर्ल्स सिंगल्स फाइनलमा स्मृतिले आफ्नै स्कुलकी…