१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


कोरियाली खेलाडी जी डोङ वोनको गोलले अग्सबर्ग विजयी


0
Shares

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमन्ड पराजित भएको छ ।

गएराति भएको खेलमा डर्टमन्ड अग्सबर्गसंग २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा अग्सबर्गलाई जित दिलाउन दक्षिण कोरियाली खेलाडी जी डोङ वोनले दुई गोल गरे । डटमण्डका पाको अल्कासरले एक गोल फर्काए  ।

डर्टमण्डविरुद्ध खेलको २४ औं मिनेटमा वोनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए  ।

खेलको ६८ औं मिनेटमा वोनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्सबर्गलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा डर्टमण्डका अल्कासरले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

यो हारसंगै डर्टमन्डले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ ।

हारपछि डर्टमण्डले २४ खेलबाट ५४ अंक जोडेको छ  । डर्टमण्ड दोस्रो स्थानको वायर्न म्युनिखभन्दा ३ अंकले अघि छ ।

वायर्नको ५१ अंक छ । २१ अंक जोडेको अग्सबर्ग १५ औं स्थानमा छ  ।