२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


रोजर फेडेररको किर्तीमानीः उपाधि संख्या एक सय पुग्यो


0
Shares

काठमाडौं । स्विस टेसिन खेलाडी रोजर फेडेररले किर्तीमानी सयौं उपाधि जितेका छन् ।

युएइको दुबईमा हिजो सम्पन्न दुबई ड्युटी–फ्री टेनिस च्याम्पियनसिपको उपाधि जित्दै फेडेररले करियरमा उपाधि संख्या सय पुर्‍याएका हुन् ।

दुबईमा भएको फाइनलमा ग्रिसका स्टेफानोस सित्सीपासलाई ६–४ र ६–४ को सोझो सेटमा हराउँदै ३७ बर्षिय फेडेररले एटिपी उपाधिमा शतक पूरा गरे ।

किर्तिमानी २० पटकका ग्रान्डस्लाम विजेता फेडेररले पहिलो उपाधि जितेको ६ हजार ६ सय दिनमा सयौं उपाधि जित्न सफल भए ।

फेडेररले पहिलोपटक सन् २००१ मा मिलानमा भएको एपीटी टुरको उपाधि जितेका थिए ।

फेडेरर अमेरिकाका जिमी कोनर्सपछि आधुनिक टेनिसमा एक सय उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।