२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


‘बी’ डिभिजन लिगः भगवती क्लब र आरसीटी विजयी


0
Shares

काठमाडौं, फागुन १७ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् दोस्रो चरणको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी)ले विजयी सुरुआत गरेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा श्री भगवतीले सातदोबाटो युथ क्लबलाई ४–३ ले हरायो ।

श्री भगवतीलाई जिताउनेक्रममा मोहनबहादुर थापा मगरले ‘ह्याट्रिक’ गरे । आशबहादुर गुरुङले एक गोल गरे ।

सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक/एक गोल गरे ।

त्यस्तै, दोस्रो खेलमा आरसीटीले टुसाल युवा क्लबलाई २–१ ले हरायो ।

आरसीटीलाई जिताउन दुवै गोल उनम बुढाथोकीले गरे । टुसालका करण रावतले एक गोल फर्काए ।

जितसँगै श्री भगवती र आरसीटीले समान ३/३ अंक जोडेका छन् ।

४ टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।