काठमाडौं, माघ १६ । चितवनको भरतपुर महानगरपालिकामा नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको घोषणा गरेको हो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको…