काठमाडौं । इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको सेमिफाइनलमा जापानले अर्को दावेदार टोली ईरानलाई ३–० ले हरायो । खेलमा जापानलाई विजयी गराउन युया ओसाकोले दुई गोल गर्दा हारागुचीले एक गोल थपे । जापानले अब फाइनलमा आयोजक युएई वा कतारमध्ये एक टोलीको सामना गर्नेछ । युएई र कतारबीचको…