बारा, माघ १२ । बाराको सिमरामा सम्पन्न १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । शनिबार सिमरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा पराजित गर्दै थ्रीस्टार पहिलोपटक च्याम्पियन बनेको हो । खेल निर्धारित् ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि ‘टाइब्रेकर’मा गएको थियो । उपाधिसँगै थ्रीस्टारले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो…