
झापा, फागुन १८ । झापा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि बिर्तामोडमा सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक झापा–११ ले सहारा फुटबल क्लबलाई २–० ले हरायो ।
झापालाई जिताउनेक्रममा विदेशी खेलाडी काजिम बुखारी र सन्जोग राईले एक/एक गोल गरे । बुखारीले खेलको ४०औं मिनेटमा गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै सन्जोग गोल गर्न सफल भए ।
सन्जोग खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
यही फागुन २७ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विदेशी हङकङ नेप्लिज एकेडेमीसहित १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ–११ बीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्