काठमाडौं, असार २६ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबले सान्त्वना जित हासिल गरेका छन् । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको आफ्नो अन्तिम खेलमा थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै फ्रेन्ड्सले सान्त्वना जित निकालेको हो । फ्रेन्ड्सलाई जिताउनेक्रममा निशेन सुब्बा र जीवन गुरुङले एक/एक गोल गरे । समूह…