
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले आर्सनलसँग बराबरी खेलेको छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले लण्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
युनाइटेडले ४५ औ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता लिएको थियो ।
पियरी एम्रिक अबुमियाङले ५८ औ मिनेटमा गोल गर्दै युनाईटेडसंग अंक खोस्न सफल रहे ।
सन् १९९८ पछि प्रिमियर लिगको सुरुवाती सात खेलमा सात भन्दा बढी गोल गर्ने अबुमियाङ आर्सनलको पहिलो खेलाडी बनेका छन् ।
गोलकिपर बर्नड लेनोले आर्सनलका लागि केही राम्रो बचाउ गरे । उनले मागुरी र मार्कोस रासफोर्डको उत्कृष्ट फ्रिकिकलाई बचाएका थिए ।
खेलसँगै युनाइटेड ९ अंकसहित तालिकाको दसौ स्थानमा छ भने आर्सनल १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्