काठमाडौं । अल्जेरिया र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाइनलमा नाईजेरियालाई हराउँदै अल्जेरिया तथा ट्युनिसियालाई पाखा लगाउँदै सेनेगल फाइनलमा पुगेका हुन् । रियाद महरेजको कप्तानीमा रहेको अल्जेरियाले नाइजेरियालाई २–१ ले हरायो । अल्जेरियाको जितमा इन्जुरी समयको पाँचौं मिनेटमा कप्तान माहरेजले फ्रि–किक मार्फत गरेको गोल निर्णायक बन्यो…