२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भारतले दियो दक्षिण अफ्रिकालाई ३९५ रनको चुनौती


0
Shares

विशाखापटनम, असोज १८ । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाविरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको छ ।

भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाइ पाली समाप्तिको घोषणा गरेको छ ।

दक्षिण अफ्रिकासमक्ष जितका लागि भारतले ३९५ रनको विशाल चुनौती दिएको छ ।

दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रनमात्र बनाएको थियो । यद्यपि, भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाइ पाली समाप्तिको घोषणा गरेको थियो ।

भारतका लागि दोस्रो इनिङमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १२७ रन बनाए । शर्माले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए ।

दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिकाले चौथो दिनको खेल सकिँदा एक विकेटको क्षतिमा ११ रन बनाएको छ ।

पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक १६० रनको योगदान गरेका डिन एल्गर २ रनमै रविन्द्र जडेजाको बलमा ‘एलबीडब्लु’ आउट भएका छन् ।

स्कोर बोर्ड (चौथो दिनको खेल समाप्त)

भारतः पहिलो इनिङ – ५०२ रन, दोस्रो इनिङ – ३२३ रन (जितका लागि ३९५ रनको लक्ष्य प्रस्तुत)

दक्षिण अफ्रिकाः पहिलो इनिङ – ४३१ रन, दोस्रो इनिङ – १ विकेटको क्षतिमा ११ रन । रासस/एएफपी