२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल र हङकङ भिड्दै


0
Shares

काठमाडौं, असोज १९ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलाअन्तर्गत् आज नेपालले हङकङको सामना गर्दैछ ।

खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । हङकङ भने उद्घाटन खेलमा आयोजक ओमानसित ७ विकेटले पराजित भएको थियो ।

शनिबारै भएको दोस्रो खेलमा टेस्ट राष्ट्र आयरल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

नेपालले सोमबार नेदरल्यान्ड्ससित दोस्रो खेल खेल्नेछ । नेपालले बुधबार आयरल्यान्डसित तेस्रो र अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।

आयोजक ओमान, नेपालसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला भइरहेको हो ।

नेपाली टोली सिंगापुरमा त्रिकोणात्मक टी–२० शृंखला सकाएर बिहीबार राति ओमान पुगेको थियो ।