काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने आईसीसीको तर्क छ । आईसीसीका अध्यक्ष सशांक मनोहरले खेलमा बाह्य हस्तक्षेप नरहेको…