काठमाडौं, असोज २४ । सान मारिनोलाई हराउँदै बेल्जियम अर्को वर्ष हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ ।
बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को विशाल गोल अन्तरमा पराजित गर्यो ।
जितसँगै समूह ‘आई’मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक छ ।
युरोकप फुटबल छनोटकै अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले हराएको छ ।
यस्तै, समूह ‘सी’को खेलमा नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ ।
डच टोलीले ५ खेलबाट १२ अंक जोड्दा समान १२ अंक जोडेको जर्मनी दोस्रो स्थानमा झरेको छ ।
समूह ‘ई’को खेलमा क्रोएसियाले हंगेरीलाई ३–० ले हराउँदा स्लोभाकिया र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् ।
यसैगरी, समूह ‘जी’मा अष्ट्रियाले इजरेललाई ३–१ ले पराजित गर्दा पोल्यान्डले लात्भियालाई ३–० ले तथा उत्तरी मेसेडोनियाले स्लोभेनियालाई २–१ ले हराएको छ ।
प्रतिक्रिया दिनुहोस्