
अपडेटः
काठमाडौं, असोज २४ । ओमानमा भएको पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपाल तेस्रो स्थानमा समेटिएको छ ।
अन्तिम खेलमा बिहीबार आयोजक ओमानसित ६ विकेटले पराजित हुँदै नेपाल ४ खेलबाट दुई जितसहित ४ अंक बटुल्दै तेस्रो स्थानमा समेटिएको हो ।
सबै खेल जितेको ओमान ८ अंकसहित शृंखला कब्जा गर्न सफल हुँदा आयरल्यान्ड ६ अंकसहित दोस्रो भयो ।
नेदरल्यान्ड्स २ अंकसहित चौथो स्थानमा रहँदा अंकविहीन हङकङ पुछारमा रह्यो ।
ओमानविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमात्र क्रिजमा टिकेर ६४ रनमात्र बनाउन सक्यो ।
आरिफ शेखले २० तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएको इनिङ्समा बाँकी कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
ओमानका लागि अमिर कालीनले ५ विकेट लिए ।
जवाफमा ओमानले ११ ओभर ५ बलमै ४ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो ।
नेपालका करण केसीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए ।
ओमानले यसअघिका खेलमा नेदरल्यान्ड्स, हङकङ र आयरल्यान्डलाई हराएको थियो । नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराउँदा आयरल्यान्डसित पराजय भोगेको थियो ।
प्रतिक्रिया दिनुहोस्