दक्षिण एशियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छानिए • Image Khabar Image Khabar


दक्षिण एशियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छानिए


Imagekhabar
१३ आश्विन २०७६, सोमबार १८:३०

दक्षिण एशियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छानिए

काठमाडौं । नेपालमा हुने १३ औँ दक्षिण एशियाली  खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ ।

पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् ।

महिलातर्फ प्रहरीका नविता श्रेष्ठ र एलिना महर्जन, नेपाली सेनाका रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन् ।

पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन् । 

प्रतिक्रिया दिनुहोस्