टी–२० क्रिकेट सिरिज : नेपालले आज जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै • Image Khabar Image Khabar


टी–२० क्रिकेट सिरिज : नेपालले आज जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै


Imagekhabar
१४ आश्विन २०७६, मंगलवार ०८:५२

टी–२० क्रिकेट सिरिज :  नेपालले आज जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले आज पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । आयोजक राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ ।

आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो । सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो ।

नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो । जसमा कप्तान पारस खड्काले १०६ रनको कीर्तिमानी शतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्