काठमाडौं, फागुन २९ । लिभरपुललाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । गएराति लिभरपुलको मैदानमा भएको राउण्ड अफ सिक्सटिनअन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको अतिरिक्त समयमा विजयी भयो । स्पेनमा भएको पहिलो लेगको खेलमा एथ्लेटिको १–० ले विजयी भएको थियो । बुधबार दोस्रो लेगको निर्धारित ९० मिनेटसम्म लिभरपुल १–०…