३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


थ्रीस्टार सेमिफाइनलमा, सिक्किमको टोली ३–० ले पराजित


0
Shares

पोखरा, फागुन २६ । साविक विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमस्थित गान्तोक सिटी एफसीलाई ३–० ले पराजित गर्दै थ्रीस्टार सजिलै विजयी भएको हो ।

थ्रीस्टारलाई जिताउनेक्रममा सुशन श्रेष्ठले ‘इन्जुरी’ समयमा दुई गोल गरे । त्यसअघि ७९औं मिनेटमा सन्जोग राईले अग्रता दिलाएका थिए ।

दुवै टोली ‘बाई’ पाएर क्वार्टरफाइनल पुगेका थिए ।

जितसँगै सेमिफाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

मंगलबार आर्मी र संकटा भिड्दै

मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्नेछन् । यो खेलको विजेताले सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

१० टोली सहभागी आहा ! रारा गोल्डकप फुटबलको उपाधि विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।