२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै नभएको वकिलको दाबी


0
Shares

एजेन्सी । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् ।

क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन् ।

पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उहाँका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् ।

वकील क्वीरोजले भने, “रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उनलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उनलाई पनि थाहा थिएन ।

”पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आएका थिए ।

विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए ।