
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराती युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा घरेलु टोली २–० ले विजयी भयो ।
खेलमा युनाइटेडका लागि एन्टोनियो मार्टियल र स्कट म्याक्टोमनीले एक एक गोल गरे ।
यो हारले म्यान्चेस्टर सिटीलाई धक्का लागेको छ भने युनाईटेड प्रिमियर लिगको अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले एभर्टनलाई ४–० ले हराएको छ । खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउन्ट, विलियन, पेड्रो र ओलिभर जिरुले एक एक गोल गरे ।
जितपछि चेल्सीले तेस्रो स्थानको आफ्नो पकडलाई बलियो पारेको छ ।
प्रिमियर लिग फुटबलमा यो हप्ताका खेलहरुपछि २९ खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत छ ।
एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ ।
४८ अंकसहित चेल्सी चौथो तथा ४५ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्