२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


रियाल मड्रिडलाई धक्का, बेटिससँग २–१ ले पराजित


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबलमा उपाधि दावेदार रियाल मड्रिडलाई गम्भीर धक्का लागेको छ ।

गएराती भएको खेलमा रियाल बेटिससँग २–१ ले पराजित भएपछि रियाल मड्रिडले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमायो ।

घरेलु मैदानमा रियाल बेटिसको लागि डा सिल्भा जुनियर र क्रिकष्टियन टेलोले एक एक गोल गरे ।

रियाल मड्रिडका करिम बेन्जमाले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।

गएरातीको हारपछि रियाल मड्रिड ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

उसको २७ खेलबाट ५६ अंक छ । समान खेलबाट ५८ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा रहेको छ ।

ला लिगाअन्तर्गत गएराती भएका अन्य खेलहरुमा एथ्लेटिको बिल्बाओले रियाल भालाडोलिडलाई ४–१ ले हराउँदा लेगानेजले भियारियाललाई २–१ ले तथा ओसासुनाले इस्पानियोललाई १–० ले पराजित गरे ।

गएराती लेभान्तेले ग्रानाडासँग १–१ गोलको बराबरी खेल्यो ।