२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश, झापा १–० गोल अन्तरले पराजित


0
Shares

पोखरा, फागुन २५ । नेपाल आयाल निगम मनाङ मस्याङदी क्लब १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा झापा–११ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङको जितका लागि अञ्जान बिष्टले खेलको ७५ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

डी–एरियामा रहेका विष्टले पूजन उपरकोटीले मिलाइदिएको पासलाई सदुपयोग गर्दै विपक्षी पोष्टको जाली चुमाएका हुन् । फाइनलमा पुग्नको लागि मनाङले आगामी बिहीबार संकटा र त्रिभुवन आर्मीसँगको विजेतासँग भिड्नेछ ।

सोमबारको खेल भारतको गान्तोक सिटी क्लब र रुस्लान थ्री स्टार क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।