पोखरा, मंसिर १३ । पोखराको अपर सेतीमा १५औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगिता सुरु भएको छ । नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो दिन सोमबार ‘डाउन रिभर रेस’ विधामा प्रतिस्पर्धा भएको छ । ३७ जना विदेशीसहित ९२ जनाले सहभागिता जनाएको प्रतियोगितामा २५ जना फाइनल प्रतिस्पर्धाका लागि छानिएका छन् । दोस्रो…