फिटनेशका बारेमा प्रशिक्षकसँग विवाद भएपछि कोस्टालाई शनिबार राति हुने लिसेस्टर सिटीसँगको खेलको टिमबाट निकालिएको हो । कोस्टाको फिटनेश प्रशिक्षक जालियो टोउससँग विवाद भएको थियो । तीन दिनदेखि प्रशिक्षणमा नरहेका कोस्टालाई चिनियाँ क्लबबाट प्रस्ताव आएको खबर पनि सार्वजनिक भएको छ । कोस्टाले यस सिजनको प्रिमियर लिगमा १४ गोल गरिसकेका छन् र पाँच गोलका लागि सहयोग गरेका…