२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्मी र पुलिस रुस्लान कप टी–ट्वेन्टी क्रिकेटको सेमिफाइनलमा


0
Shares

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको क्वार्टरफाइनल खेलमा विजयी हुँदै दुबै टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

पहिलो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले हिमालयन ह्वाइटहाउसलाई ८ विकेटले पराजित गर्‍यो ।

हिमालयन ह्वाइटहाउसले प्रस्तुत् गरेको ९९ रनको विजयी लक्ष्य १३औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्नेक्रममा ‘म्यान अफ द म्याच’ नेपाल पुलिसका सुनील धमलाले अविजित ६० रनको योगदान गरे ।

त्यस्तै, आर्मीले पीसी फाइटर क्लबलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पीसी फाइटरले १७ ओभर खेल्दै मात्र ४५ रन जोड्न सक्यो । विजय सुनारले ११ रन जोड्नुबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जवाफमा आर्मीले मात्र ४ ओभरमा बिनाकुनै विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । आर्मीका लागी सागर पुनले ३६ तथा सोमपाल कामीले ३ रन जोडे ।