काठमाडौं, मंसिर ११ । एसीसी महिला एसिया कप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । थाईल्याण्डमा आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाललाई टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तानले ९ विकेटले हराएको हो । खेलमा नेपालले दिएको ४८ रनको झिनो चुनौती पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि आयशा जाफरले २६…