२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सहज जित हात पार्दै चेल्सी चौथो चरणमा


0
Shares

गएराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे ।

जितपछि चेल्सी एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ ।

एफए कप अन्तर्गत गएराति भएको अर्को खेलमा लिभरपुललाई प्लाईमाउथले गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै लिभरपुलले अब प्लाईमाउथसँग उसैको मैदानमा दोस्रो खेल खेल्नुपर्ने भएको छ ।

गएराति भएको अर्को खेलमा फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–० ले तथा मिडिल्सब्रोले सेफिल्ड वेनस्डेलाई ३–० ले हराएको छ ।